Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

बाबुराम भट्टराईले ट्युमरको शल्यक्रिया नेपालमै गर्ने

बाबुराम भट्टराईले ट्युमरको शल्यक्रिया नेपालमै गर्ने


  • 8.3K
    Shares

    बाबुराम भट्टराईले ट्युमरको शल्यक्रिया नेपालमै गर्ने

    पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ट्युमरको शल्यक्रिया नेपालमै गर्ने भएका छन् । 

    ‘शल्यक्रिया नेपालमै गर्ने फाइनल भएको छ । कहिले गर्ने समय तय भएको छैन । आजभोलिमा टुंगो लाग्छ,’ भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले भने, ‘वीर अस्पतालमा गर्ने सम्भावना धेरै छ ।’ 

    भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिने उनले बताए । गत फागुनमा नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा उनको परीक्षण गर्दा ट्युमर देखिएको थियो । चिकित्सकले दुई–तीन महिनाभित्र शल्यक्रिया गर्न सुझाव दिएका थिए ।

    प्रकाशित मिति :बैशाख १० २०७८ शुक्रवार - १५:५०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij