२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र अभिमा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका छन् ।
लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा थापाले आयोगको पदाधिकारीहरुको कार्यकाल सकिन लाग्दा पनि मुद्दाको टुंगो नलगाइ डिल गरेको अभिव्यक्ति दिएका थिए ।
थापाले उक्त अभिव्यक्ति दिई अदालतको अवहेलना गरेको भन्दै अधिवक्तात्रयले सर्वोच्चमा अदालतको अवहेलनामा निवेदना दिएका हुन् । उक्त निवेदनमाथि मंगलबार पेसी तोकिएको अधिवक्ता थापाले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij