२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसले तीनकुनेमा भएको घटनाको क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट रक्सीको बोतल चोर्ने कुन सहमहामन्त्रीको छोरा हो प्रमाणित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनलाई चेतावनी दिएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसको प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसको कुन सहमहामन्त्रीको कुन छोराले रक्सीको बोतल चोरेको हो प्रमाणित गर्नु पर्ने बताएका छन् ।
घिमिरेले कुन सहमहामन्त्रीको कुन छोराले रक्सीको बोत्तल बोकेर हिँड्नुभएको हो प्रमाण पेस गर्नुपर्छ होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ बताएका छन्
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै लिङ्देनले भाटभटेनीमा रक्सी चोर्नेमा कांग्रेस सहमहामन्त्रीको छोरा पनि रहेको प्रमाण आफूहरूसँग रहेको बताएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij