Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नेपाली कांग्रेसकी सांसद मायाविरुद्ध पूरक अनुसन्धान, आज म्याद थप गरी प्रमाण सङ्कलन गरिँदै

नेपाली कांग्रेसकी सांसद मायाविरुद्ध पूरक अनुसन्धान, आज म्याद थप गरी प्रमाण सङ्कलन गरिँदै


  • 1.5K
    Shares

    नेपाली कांग्रेसकी सांसद मायाविरुद्ध पूरक अनुसन्धान,  आज म्याद थप गरी  प्रमाण सङ्कलन गरिँदै

    काठमाडौं ।  नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध प्रहरीले पूरक अनुसन्धान गर्ने भएको छ । नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी राई शनिवार साँझ बुढानीलकण्ठ–१० कपनबाट पक्राउ परेकी थिइन् ।

    स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी राईलाई कपनस्थित घरबाट पक्राउ गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई राईलाई शनिबार राति पक्राउ गरेको हो ।  उनीविरुद्ध ठगी र सङ्गठित अपराध मुद्दामा पूरक अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी अपिल बोहराले बताएका छन् ।

    राईविरुद्ध ठगी र सङ्गठित अपराध मुद्दामा म्याद लिएर बयान लिइने र थप प्रमाण सङ्कलन गरेर पूरक अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गर्ने बोहराले बताएका छन् ।

     

    images
    प्रकाशित मिति :बैशाख १४ २०८२ आइतवार - १०:१६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij