२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नयाँ स्थायी कमिटी गठन गरेका छन् ।
शुक्रबार वालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले नेपाल पक्षलाई बाहिर राख्दै नयाँ स्थायी कमिटि बनाएका हुन्।
ओलीले गठन गरेको स्थायी कमिटीमा १७ जना सदस्य छन् । पछि थप्ने गरी बनाइएको नयाँ कमिटीमा खनाल-नेपाल समूहबाट एकजना पनि सदस्य राखिएको छैन । तर वामदेव गौतमलाई भने राखिएको छ ।
वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमारसँगै उक्त समूहका कुनै नेतालाई पनि नराखी ओलीले नयाँ स्थायी कमिटी गठन गरेका हुन् ।
स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij