Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एकाएक फेरियो एमाले बैठकका एजेन्डा : महाधिवेशन आयोजक कमिटीले गठन गर्‍यो नयाँ स्थायी कमिटी

एकाएक फेरियो एमाले बैठकका एजेन्डा : महाधिवेशन आयोजक कमिटीले गठन गर्‍यो नयाँ स्थायी कमिटी


  • 4.7K
    Shares

    एकाएक फेरियो एमाले बैठकका एजेन्डा : महाधिवेशन आयोजक कमिटीले गठन गर्‍यो नयाँ स्थायी कमिटी

    काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले नयाँ स्थायी कमिटी घोषणा गरेको छ । मिटिङको एजेन्डा बदल्दै स्थायी कमिटीको घोषणा भएको हो ।

    नवगठित कमिटीमा असन्तुष्ट रहेका माधवकुमार नेपाल, झलनाथ खनाल पक्षका कोही नेतालाई राखिएको छैन । वामदेव गौतम भने स्थायी कमिटीमा अटाएका छन् । साथै माओवादीबाट एमाले प्रवेश गरका मन्त्रीहरु समेत कमिटीमा थपिएका छन् ।

    एमाले नेता सुवास नेम्वाङले स्थायी कमिटी गठन गरेको बारे पुष्टि गरे। तर, यससँगै सम्बन्धित अन्य विषयवस्तु भने पछिमात्रै सार्वजनिक हुने उनले बताए ।

    बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुलाई कारबाही गर्ने विषयमा छलफल हुने बताइएको थियो। तर, यसबारेमा कुनै औपचारिक धारणा सार्वजनिक गरिएको छैन ।

    प्रकाशित मिति :बैशाख १० २०७८ शुक्रवार - १४:००:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij