२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । नेकपा (एमाले)का निलम्बित नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटमा कुनै प्रगति नभएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार नक्सालस्थित मेरियट होटेलमा भएको वार्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले भने, “कुनै पनि प्रगति छैन ।” उनले थप प्रतिक्रिया दिन चाहेनन् । उनी अनुहार मलिन र ओठ तालु सुकेको जस्तो थकित देखिएका थिए।
ओली र नेपालबीच हिजो पनि भेट भएको थियो । ओलीसँगको आजको भेटपछि नेता नेपालले ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडसँग पनि संवाद गरेका थिए । तर ओली माधव नेपाल सहितका २७ जनालाई पार्टी बाट निकाल्ने अन्तिम तयारीमा छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij