२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ। राजधानीको नक्सालस्थित मेरियट होटलको झ्याल बाट धरहराको दृश्य हेरेर वार्ता शुरु भएको हो।
वार्तामा नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीका सबै समितिहरुलाई माओवादीसँग एकीकरणपूर्व अर्थात् २०७५ जेठ २ को अवस्थाबाट ब्युँताउनुपर्ने अडान दोहोर्याउने भएका छन्। सोहि अडान लिने गरी त्यहाँ पुगेका हुन्।
एमालेमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल नेतृत्वका दुई पक्षबीच अहिले तीव्र शक्ति संघर्ष चलिरहेका बेला हिजो बुधबारदेखि दुई नेताबीच एक्लाएक्लै वार्ता सुरु भएको छ।
दुई शीर्ष नेताबीच मेरियट होटेलमा आज दोस्रो बैठक बसेको हो।नेता नेपालले हिजोको बैठकमा भएको कुराकानीबारे आज आफूनिकट नेताहरुलाई जानकारी गराएका थिए।
सहाना प्रधान स्मृति प्रतिष्ठानमा भएको सो बैठकमा नेपालले आफू पक्षका स्थायी समिति सदस्यहरु र सांसदहरुसँग छलफल गरेका थिए।
सोहि छलफलबाट उनले पार्टीलाई २०७५ जेठ २ गते कायम रहेका समितिहरुलाई नै क्रियाशील बनाउनुपर्ने अडान दोहोर्याउने योजनाका साथ ओलीसँग छलफलका लागि मेरियट पुगेका हुन्।
‘उहाँले जेठ २ गतेका समिति नै क्रियाशील बनाउनुपर्ने अडान दोहोर्याउने योजनाका साथ जानुभएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘त्यसैगरी ओलीले भोलि शुक्रबारका लागि बोलाएको पार्टीको महाधिवेशन आयोजक समितिको बैठक रोकेर अहिलेको छलफल प्रक्रिया जारी राखे संकट समाधान तथा सहमतिको बिन्दु फेला पर्नसक्ने भनी उहाँले अध्यक्षसँग प्रस्ताव गर्नुहुनेछ।’
सर्वोच्च अदालतले फागुन २३ गतेको फैसलाले एमाले–माओवादी एकीकरणबाट बनेको नेकपा विघटन भई एकीकरण पूर्वको अवस्थामा पुग्ने बताएपछि नेपाल पक्षले सोहि मितिमा कायम रहेका समितिहरु मात्र मान्य हुने बताउँदै आएको छ।
तर, ओलीले भने अदालतको फैसलापछि पनि आफू अनुकूल हुनेगरी व्यापक फेरबदल गरिसकेका छन्। उनले नेपाल पक्षको सो मागलाई अस्वीकार गर्दै आएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij