Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

माधव नेपाललाई बिहानै फोन गरेर जिक्याएका ओलीले नेपालसंग मेरियटमा सुरु गरे वार्ता

माधव नेपाललाई बिहानै फोन गरेर जिक्याएका ओलीले नेपालसंग मेरियटमा सुरु गरे वार्ता


  • 8.7K
    Shares

    माधव नेपाललाई बिहानै फोन गरेर जिक्याएका ओलीले नेपालसंग मेरियटमा सुरु गरे वार्ता

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता सुरु भएको छ ।

    यसअघि बुधबार बेलुका पनि दुईघण्टा बढी वार्ता उनीहरुबीच भएको थियो ।

    वार्तामा खासै प्रगति नभएको नेताहरुले जनाए पनि प्रधानमन्त्रीका एकजना सल्लाहकारले ‘ठूलै दुर्घटना’ टरेको बताएका थिए ।

    नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले वार्ता नै नभएको अवस्थामा दुई नेताबीचको संवादले सकारात्मक संकेत गरेको बताएका थिए ।
    यस अघि आज बिहानै ओलीले माधव नेपाललाई फोन गरेर जिस्क्याएका थिए।

    प्रधानमन्त्री ओलीले बल्खुस्थित मदन नगरमा नेकपा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका छन्। सरकारी निवास बालुवाटारबाट निस्किएर उनले बल्खुमा नयाँ आधुनिक भवन शिलान्यास गरेका छन् । 

    भवन शिलान्यासमा जानुअघि ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेका थिए। उनले नेता नेपाललाई फोन गर्दै आफू बालुवाटारबाट हिँडेको जानकारी गराएका थिए।

    ' म बालुवाटारबाट निस्किएँ, तपाईं कहाँ पुग्नुभयो?', ओलीको भनाइ उद्धृत गर्दै नेपालसम्वद्ध स्रोतले भन्यो, 'पार्टी कार्यालय शिलान्यास सँगै गर्नुपर्छ, म आउँदैछु, तपाईं पनि आइजानुस्।'

    तर नेता नेपालले आफू अहिले आफ्नै निर्वाचन क्षेत्रस्थित मूलपानीमा रहेको बताएका थिए। उनले ओलीलाई जवाफमा भने, 'म मूलपानीमा सानो भेटघाटमा छु, तपाईं जाँदै गर्नुस्, अब म निस्किन्छु।'

    ओलीले बल्खुमा एमाले केन्द्रीय कार्यालय शिलान्यास गर्दै गर्दा नेता नेपाल भने काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत मूलपानीको एक भेटघाटमा व्यस्त थिए। उनी प्रदेश सांसद एवम् ओली पक्षका नेता मणिराम फुयालसहित त्यहाँ पुगेका थिए। 


    नेता नेपाल कागेश्वरी-मनोहरा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष प्रकाश फुयालकी आमाको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न त्यहाँ पुगेका थिए। तर ओलीले शिलान्यास कार्यक्रम सकिसक्दा पनि नेता नेपाल उक्त कार्यक्रममा पुगेनन् । 

    ओलीले हिजो होटल मेरियटमा भएको वार्ताका क्रममा मदननगर बल्खुमा निर्माण गर्न लागिएको पार्टी कार्यालय शिलान्यास कार्यक्रममा सहभागी हुन वरिष्ठ नेता  नेपाललाई आग्रह गरेका थिए।

    नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर बल्खुमा पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरिएको हो। यसअघिको महाधिवेशन आयोजक कमिटी बैठकमा उक्त निर्णय भएको थियो। 

    प्रकाशित मिति :बैशाख ९ २०७८ बिहिवार - १५:१३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij