२०८२ भाद्र २२ गते आइतवार
काठमाडौँ । अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी नासाको पर्सिभरेन्स रोभर मंगल ग्रहमा नयाँ खोजहरू गर्न व्यस्त छ ।
जेजेरो क्रेटरको पश्चिमी किनारमा रोभरले मंगल ग्रहको ३ अर्ब ९० करोड वर्ष पुरानो रहस्यहरू उजागर गर्ने चट्टानहरूमाथि जाँच गरिरहेको छ ।
यसको एउटा खोजले वैज्ञानिकहरूको निद्रा गायब पारेको छ । रोभरले विगत केही महिनामा पाँचवटा अद्वितीय चट्टानहरूको नमूना सङ्कलन गर्यो । अरु सात वटा चट्टानको गहन विश्लेषण गर्यो भने ८३ वटा चट्टानहरूमा लेजर रेन्जिङ परीक्षण गरेको थियो ।
मंगल ग्रहमा जीवनको रहस्य यी चट्टानहरूमा लुकेको होला त ? वैज्ञानिकहरूले यी चट्टानहरू भेटिएको क्षेत्रलाई ‘सुन खानी’ मानिरहेका छन् । पर्सिभरेन्स रोभरले वर्षको डिसेम्बरदेखि क्रेटरको पश्चिमी किनारमा छ । यसको ध्यान जति विच हेजल हिल भनिने उच्च ढलानमा छ । पहाड, ढुङ्गा र चट्टानी ढलानहरूको अन्वेषण गरिरहेको छ ।
यस ढलानका तहदार चट्टानहरूले आजको भन्दा पूर्णतया फरक मंगल ग्रहको हावापानीको कहानी बताउँछ । जेजेरो क्रेटरको यो क्रेटर मंगल ग्रहको उत्तरी भागमा छ । अरबौं वर्ष पहिले त्यहाँ एउटा ताल थियो ।
रोभरले भेट्टायो प्राचीन खजाना
रोभरको सबैभन्दा ठूलो खोज ‘सिल्भर माउन्टेन’ हो । यो चट्टान ३ अर्ब ९० करोड वर्ष पुरानो हो । वैज्ञानिकहरूले सबैभन्दा बढी चासो यस चट्टानलाई दिइराखेका छन् । यो ढुङ्गा कुनै खजानाभन्दा कम छैन । यो नोआशियन युगको हो ।
त्यतिबेला मंगल ग्रहमा उल्कापिण्डको वर्षा भएको थियो अनि यसको सतह क्रेटरहरूले भरिएको थियो । नासाका अनुसार यो चट्टान अद्वितीय छ र यसको बनावट पहिले कहिल्यै देखिएको थिएन । ‘मेरो २६ औं नमूना ‘सिल्भर माउन्टेन’, जुन यस अघि पहिले कहिल्यै देखिएको थिएन,’ आफ्नो एक्सको खातामा रोभरले लेखेको छ ।
पानी र जीवनबिच सम्बन्ध ?
रोभरले सर्पेन्टाइन खनिजहरूले भरिएको चट्टान पनि फेला पारेको थियो । यो खनिज त्यतिबेला मात्रै बन्छ जब ज्वालामुखी चट्टानहरूसँग पानीले रासायनिक प्रतिक्रिया गर्दछ । यो प्रक्रियाले हाइड्रोजन सिर्जना गर्न सक्ने वैज्ञानिकहरू भन्छन । हाइड्रोजन पृथ्वीमा जीवनको लागि ऊर्जाको स्रोत हो । त्यसो भए मंगल ग्रहमा कहिल्यै पृथ्विमा भएको जस्तै जीवन थियो त ?
मंगल ग्रहमा सुन खानी
जेजेरो क्रेटरको पश्चिमी क्षेत्र वैज्ञानिकहरूका लागि सुन खानी साबित हुँदैछ । यहाँ पाइने चट्टानहरू खजाना जस्तै छन् । यहाँ खण्डित चट्टानहरू छन् ।
जुन अरबौं वर्ष पहिले उल्कापिण्डहरू खस्दा मंगल ग्रहको सतह मुनिबाट छचल्किएर माथि आएका थिए। यी मध्ये केही चट्टानहरू जेजेरो क्रेटर सिर्जना गर्ने उल्कापिण्डका हुन सक्ने बताइएको छ ।
नमूनालाई पृथ्वीमा ल्याउने होडबाजी
मंगल ग्रहमा कहिल्यै जीवन थियो कि थिएन भनेर पत्ता लगाउन यी नमूनाहरू पृथ्वीमा ल्याउन वैज्ञानिकहरू चाहन्छन् । तर मंगल ग्रहको नमुना धर्तिमा ल्याउने नासाको मिसनको भविष्य अन्यौलग्रस्त छ । यो मिसन धेरै चुनौतीपूर्ण र जटिल छ ।
यो मिसनको लागत ११ अर्ब डलरसम्म हुने अनुमान गरिउको छ । खर्चकै कारण मिसनमा ढिलाइ भइरहेको छ । यो मिसन पूरा गर्न नयाँ प्रविधिको खोजी भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij