Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

२७ सांसदले ओलीलाई स्पष्टीकरण थमाए पत्र,सुरेन्द्रले दिए किल्किले सम्मै भरिने गरिको जवाफ

२७ सांसदले ओलीलाई स्पष्टीकरण थमाए पत्र,सुरेन्द्रले दिए किल्किले सम्मै भरिने गरिको जवाफ


  • 8.0K
    Shares

    २७ सांसदले ओलीलाई स्पष्टीकरण थमाए पत्र,सुरेन्द्रले दिए किल्किले सम्मै भरिने गरिको जवाफ

    काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका २७ सांसदले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण पत्र बुझाएका छन् । उनीहरुले संसदीय दलको कार्यालयमा स्पष्टीकरण पत्र बुझाएका हुन् । ओलीले पार्टी अनुशासन विपरित गएको भन्दै नेपालसहित २७ संघीय सांसद र ५ जना कर्णाली प्रदेश सभाका सदस्यलाई किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण पत्र लेखेका थिए । 

    आज संघीय सांसदहरुले पत्र बुझाएका हुन् ।  नेता सुरेन्द्र पाण्डेले बुझाएको स्पष्टीकरण पत्रमा आफूलाई लगाइएको आरोपहरु निराधार भएको बताएका छन् ।

    ‘सबै आरोपहरु निराधार, कपोलकल्पित, पूर्वाग्रहबाट ग्रसित देखिन्छन् । त्यहाँ उल्लेखित कुनैपनि क्रियाकलाप मैले गरेको छैन । नेपालको संविधानमा उल्लेखित समाजवादउन्मुख शासन प्रणाली, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदन र विधानमा उल्लेखित राजनीतिक, आर्थिक र सांस्कृतिक कार्यदिशा, नीति, कार्यक्रम र संयुक्त वाम चुनाव घोषणापत्रसंग मेल खाने गरी गतिविधिहरु गर्न मैले आग्रह गरेको हुँ,’ उनले लेखेको पत्रमा लेखेका छन्, ‘नेपालको संविधान र पार्टीको सिद्धान्त, नीति र कार्यक्रम, विधान, विपरीतका कामकुराको आलोचना र विरोध गर्नपाउने नैसर्गिक अधिकार सबै पार्टी सदस्य एवम् नागरिकहरुमा रहेको तथ्य स्पष्टै छ । यस्तो आलोचना र विरोधलाई सरकारविरुद्ध काम गरेको भन्ने हो भने लोकतन्त्रको नै मृत्यु हुन्छ र पार्टीको माक्र्सवाद-लेनिनवादको द्वन्द्ववादी सिद्धान्त तथा जनवादको अवसान हुन्छ ।’  

    यस्तो छ जवाफ

     

    प्रकाशित मिति :बैशाख ९ २०७८ बिहिवार - १४:०२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij