Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

२७ सांसदले ओलीलाई स्पष्टीकरण थमाए पत्र,सुरेन्द्रले दिए किल्किले सम्मै भरिने गरिको जवाफ

२७ सांसदले ओलीलाई स्पष्टीकरण थमाए पत्र,सुरेन्द्रले दिए किल्किले सम्मै भरिने गरिको जवाफ


  • 8.3K
    Shares

    २७ सांसदले ओलीलाई स्पष्टीकरण थमाए पत्र,सुरेन्द्रले दिए किल्किले सम्मै भरिने गरिको जवाफ

    काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका २७ सांसदले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण पत्र बुझाएका छन् । उनीहरुले संसदीय दलको कार्यालयमा स्पष्टीकरण पत्र बुझाएका हुन् । ओलीले पार्टी अनुशासन विपरित गएको भन्दै नेपालसहित २७ संघीय सांसद र ५ जना कर्णाली प्रदेश सभाका सदस्यलाई किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण पत्र लेखेका थिए । 

    आज संघीय सांसदहरुले पत्र बुझाएका हुन् ।  नेता सुरेन्द्र पाण्डेले बुझाएको स्पष्टीकरण पत्रमा आफूलाई लगाइएको आरोपहरु निराधार भएको बताएका छन् ।

    ‘सबै आरोपहरु निराधार, कपोलकल्पित, पूर्वाग्रहबाट ग्रसित देखिन्छन् । त्यहाँ उल्लेखित कुनैपनि क्रियाकलाप मैले गरेको छैन । नेपालको संविधानमा उल्लेखित समाजवादउन्मुख शासन प्रणाली, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदन र विधानमा उल्लेखित राजनीतिक, आर्थिक र सांस्कृतिक कार्यदिशा, नीति, कार्यक्रम र संयुक्त वाम चुनाव घोषणापत्रसंग मेल खाने गरी गतिविधिहरु गर्न मैले आग्रह गरेको हुँ,’ उनले लेखेको पत्रमा लेखेका छन्, ‘नेपालको संविधान र पार्टीको सिद्धान्त, नीति र कार्यक्रम, विधान, विपरीतका कामकुराको आलोचना र विरोध गर्नपाउने नैसर्गिक अधिकार सबै पार्टी सदस्य एवम् नागरिकहरुमा रहेको तथ्य स्पष्टै छ । यस्तो आलोचना र विरोधलाई सरकारविरुद्ध काम गरेको भन्ने हो भने लोकतन्त्रको नै मृत्यु हुन्छ र पार्टीको माक्र्सवाद-लेनिनवादको द्वन्द्ववादी सिद्धान्त तथा जनवादको अवसान हुन्छ ।’  

    यस्तो छ जवाफ

     

    प्रकाशित मिति :बैशाख ९ २०७८ बिहिवार - १४:०२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij