Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

रेनुलाई हर्कको कटाक्ष- रेणुजी तपाईँको बाऊ ठिक रैन छ, पार्टी ठिक रहेन छ त ?’ बिचरा तपाईँ

रेनुलाई हर्कको कटाक्ष- रेणुजी तपाईँको बाऊ ठिक रैन छ, पार्टी ठिक रहेन छ त ?’ बिचरा तपाईँ


  • 2.2K
    Shares

    • images
    रेनुलाई हर्कको कटाक्ष- रेणुजी तपाईँको बाऊ ठिक रैन छ, पार्टी ठिक रहेन छ त ?’ बिचरा तपाईँ

    विराटनगर । धरानका मेयर हर्क साम्पाङले भरतपुर महानगरकी मेयर रेणु दाहाललाई मान्छे मार्न नभई देश निर्माणमा कसरी जोड्न सकिन्छ भनेर सिक्न आउन आव्हान गरेका छन् ।

    सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै मेयर साम्पाङले जनताको शक्तिलाई ढुङ्गा हान्न र भएको संरचना भत्काउन नभई आफूले देश बनाउन प्रयोग गरेको समेत दाबी गरेका छन् ।

    भरतपुरका मेयर दाहाललाई देश निर्माण गर्ने भिजन के हो त्यो पनि सिकाउने बताएका छन् । उनले लेखेका छन्, ‘स्वदेशी उत्पादनमा जोड दिनु पर्छ । यो हो भिजन । बिचरा तपाईँलाई के थाहा श्रम र श्रमिकलाई अपमान पर्ने अभिव्यक्ति दिने तपाईँहरूको पार्टी ?’

    उनले मेयर दाहालको पाटीलाई सामन्त र दलाल, पुँजीपतिहरूको पार्टी बनिसकेको भन्दै बिचराको संज्ञा दिएका छन् । केही दिन अघि मेयर दाहालले हर्क साम्पाङले ठुला योजना गर्नु पर्थ्यो भन्ने अभिव्यक्ति दिएको भन्दै साम्पाङ आक्रोशित भएका छन् ।

    उनले दाहालका बुवा नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई जोडेर समेत मेयर रेणुलाई गाली गरेका छन् । उनले लेखेका छन्, ‘रेणुजी तपाईँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्टाइदियो त मैले के गर्ने ? बाऊ ठिक रैन छ पार्टी ठिक रहेन छ त ?’

    उनले धरानमा एयरपोर्ट बन्न नसकेको दोष समेत प्रचण्डलाई थोपारेका छन् । उनले लेखेका छन्, ‘एयरपोर्ट मागेको तपाईँकै पार्टीको सुदन किराँती मन्त्री थिए र तपाईँकै बाऊ प्रधानमन्त्री थिए, विराटनगरमा छँदै छ किन चाहियो धरानमा भने ।’

    उनले अहिलेका पाटी ठिक नभएको र विभेद गरेको आरोप लगाए । उनले लेखेका छन्, ‘अहिलेका पार्टी ठिक छैनन् । विभेद मात्रै विभेद गर्छ ? ।’

    उनले दाहाललाई प्रचण्ड प्रधानमन्त्री हुँदा भरतपुरमा मात्रै बजेट हालिदिएको आरोप लगाए । उनले लेखेका छन्, ‘तपाईँको बाउले नि प्रम हुँदा बजेट जति सबै तपाईँकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे ।

    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - ०८:०७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij