२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार आइतबार घटेको छ । साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से १६. ६८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २७०६ मा कायम भएको छ ।
बजार खुलेदेखि निरन्तरजसो घटिरह्यो । बैंकहरूले आजै सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण कमजोर देखिएपछि लगानीकर्ता सशंकित बनेका हुन् । बैंकहरूको नाफा सामान्य १.४ प्रतिशत बढेको छ ।
तर त्यो नाफा वृद्धि बिजनेस बढेर नभई राष्ट्र बैंकबाट पाएको सहुलियतका कारण लोन लस प्रोभिजन घट्दा आएको हो । अर्कोतर्फ साँवा, ब्याज असुलमा बैंकहरू अझै कमजोर देखिएका छन् । यसले गर्दा औसत निष्क्रिय कर्जा बढेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij