२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । एमाले नेता समेत रहेका मुख्यमन्त्री शेरधन राई बिरुद्द लामो समयदेखि लागेकी बालिका खड्का पक्राउ परेकी छन् । उनी नेकपा एमाले मुख्यालय थापाथलीबाट पक्राउ परेकी हुन्।
प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि कार्यालय परिसरबाट खड्कालाई पक्राउ गरिएको थियो ।
एमाले मुख्यालय धुम्बाराहीबाट आजै बिहान थापाथली सरेको थियो ।
कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’लगायतका गालीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले खड्कालाई पक्राउ गरेको थियो । दोलखाका बालिका शेरधनलाई आफ्नो प्रेमी भन्दै आएकी छिन।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij