Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

ओली, देउवा र दाहालबीच भेटवार्ता, गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिने निष्कर्ष

ओली, देउवा र दाहालबीच भेटवार्ता, गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिने निष्कर्ष


  • 3.1K
    Shares

    ओली, देउवा र दाहालबीच भेटवार्ता, गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिने निष्कर्ष

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरूले संविधानकाे रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन्।

    विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशिता सहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा आज छलफल भएको हो। 

    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनोहरू प्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरूसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ। 

    प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यासम्बन्धी सल्लाहकार अग्नि खरेल छलफलमा सहभागी थिए। 

    सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए।

    images
    प्रकाशित मिति :बैशाख ६ २०८२ शनिवार - १८:५३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij