२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । मन्त्री बाट राजीनामा दिएको केही दिन पछि प्रधानमन्त्री केपी ओलीले योगेश भट्टराईलाई बैगुनी केटोको संज्ञा दिएका थिए। आज उनै बैगुनी केटो ओली भेट्न बालुवाटार पुगेका थिए। कारबाहीको सूचीमा परेका एमाले नेता भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेटेर पार्टी जोगाउन हारगुहार गरेका हुन्।
बुधबार बालुवाटारमा अध्यक्ष ओली र नेता भट्टराईबीच झण्डै दुई घण्टा छलफल भएको हो । स्रोतका अनुसार भेटमा भट्टराईले पार्टी एकतालाई बचाउन अहिलेसम्म भएका निर्णयबाट पछि हट्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।
जवाफमा ओलीले भने, 'म पार्टी एकताको विक्षमा छैन । साथीहरू सच्चिएर आउनुपर्छ । म मेरो निर्णयबाट पछि हट्दिनँ ।'
उनले सरकारलाई असहयोग गरेको सडकबाटै साधारण सदस्य नरहने गरी हटाएको गुनासो गरेका थिए । अहिले पनि अविश्वासको प्रस्तावमा सहयोग गर्न लागेकाले आफूले सच्चिन आह्वान गरेको ओलीको भनाइ थियो ।
ओलीले पार्टीमा अहसयोग भएको, सरकार सञ्चालमा सहयोग नगरेको र पार्टीभित्रैबाट आफूलाई कारबाही भएका कारण संसद् विघटन गर्नुबाहेक अरू विकल्प नरहेको बताएका थिए । उनले आफू निर्णयबाट पछि हट्न नसक्ने भन्दै असन्तुष्ट नेताहरूलाई परिवर्तित परिस्थितिलाई स्वीकार गरेर पार्टीमा फर्किन भनेका थिए ।
अध्यक्ष ओलीले योगेशलाई भनेका थिए- म मेरो निर्णयबाट पछि हट्दिनँ, १० वैशाखमा बोलाइएको बैठकमा आउनुस् सबै कुरा त्यही गरौंला ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij