२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सन् २०२६ मा हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटमा छनोटका लागि नेपाल र अफगानिस्तानबीचको खेल निर्णायक हुने भएको छ ।
काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा जारी विश्वकपको एसिया छनोटमा नेपाल र अफगानिस्तानबिचको विजेता टोलीले जिम्बावे र नामिबियामा हुने यू–१९ विश्वकप खेल्नेछ । जारी प्रतियोगितामा दुवै टोली अपराजित छन् । ३ खेलबाट दुवै टोलीले ६ अंक जोड्दै शीर्ष दुईमा छन् ।
नेपालले युएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र युएईलाई १८० रनले पराजित गरेको हो ।
आउँदो शनिबार नेपाल र अफगानिस्तानविचको खेल हुनेछ ।
उक्त खेलमा जुन टोली विजेता हुन्छ । सोही टोलीले विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेछ । पराजित हुने टोली भने विश्वकपमा छनोट हुन असफल हुनेछ । छनोट प्रतियोगिताअघि नेपाल र अफगानिस्तानविच ३ खेलको एकदिवसिय सिरिज भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij