२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले १४ दिनदेखि सडकमा आन्दोलनरत शिक्षकका माग पूरा गर्न सरकारलाई सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत खड्काले प्रधानमन्त्री ओलीलाई शिक्षकसँग विगतमा भएका सहमतिअनुसार माग सम्बोधन गरेर शिक्षकलाई विद्यालय फर्काउन ढिलो नगर्न भनेका हुन्।
'मेराे विगतकाे अनुभवकाे आधारमा सरकार प्रमुखलाई अनुराेधसहित सुझाव। शिक्षक महासंघसँग विगतमा भएकाे सहमतिअनुसार शिक्षकका मागहरू सम्बोधन गरी सडकबाट शिक्षकहरूलाई विद्यालय फर्काउन अब ढिलाे नगराैँ,' उनले भनेका छन्।
उनले शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्रीले नै अग्रसरता लिनुपर्ने पनि बताए।
यस्ता छन् उनका सुझाव र अनुरोध
- कानुनी रुपमा मन्त्रीपरिषद्काे निर्णयबाट सम्बोधन गर्न मिल्ने विषयहरूलाई तत्काल निर्णय गरी टुङ्गाे लगाउने
- संसद्मा छलफलमा रहेकाे विद्यालय शिक्षा ऐनलाई शिक्षक महासंघसँग विगतमा भएकाे सहमतिलाई केन्द्रमा राखी बाँकी कुरा सहमतिकाे आधारमा मिलाएर अब चाँडै बस्ने संघीय संसद्काे बजेट अधिवेशनबाट टुङ्गाे लगाउने गरी सहमति गर्ने
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij