२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । २०६८ सालमा दर्ता भएको सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको भएपनि अन्य मुद्दाको चापका कारण हेर्न नभ्याइएको हो । संवैधानिक इजलासमा राणाबाहेक न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।
यसअघि पनि सो मुद्दा पटक-पटक सुनुवाइका लागि पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा पर्दै आएको थियो । माओवादी सशस्त्र संघर्षका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सभामुख सापकोटा मुख्य दोषी रहेको भन्दै २०६८ सालमा मुद्दा परेको थियो ।
लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारर्की सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते सापकोटालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेका थिए । सापकोटा बिरुद्द सर्बोच्चमा तीन वटा मुद्दा दर्ता छन्।
उनीविरुद्ध पूर्णिमाया लामाले पति अर्जुन बहादुर लामाको हत्या अभियोगमा ज्यान मुद्दा हालेकी थिइन्। तर पटक पटक पेसीमा चढे पनि यो मुद्दालाई सर्वोच्चले अघि बढाउन आनाकानी गरिरहेको थियो। सर्वोच्च अदालतले यो मुद्दालाई हेर्न नभ्याइनेमा राखेर थन्क्याइरहेका बेला आज पेसीमा चढाइएको हो।
काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको आरोप लगाउँदै तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णीमायाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij