Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

२०८२ को पहिलो कारोबार दिन बढ्यो नेप्से परिसूचक

२०८२ को पहिलो कारोबार दिन बढ्यो नेप्से परिसूचक


  • 1.5K
    Shares

    • images
    २०८२ को पहिलो कारोबार दिन बढ्यो नेप्से परिसूचक

    काठमाडौं  । २०८२ सालको पहिलो र साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक वृद्धि भएको छ । सेयर बजारको परिसूचक नेप्से २७.१४ अंक बढेको छ ।

    गत साताको अन्तिम कारोबार दिन ८.६२ अंक घटेर २६६२.०८ विन्दुमा झरेको थियो । तर नयाँ वर्षको पहिलो कारोबारका दिन मंगलवार भने नेप्से परिसूचकमा हरियाली छाएको छ । नयाँ वर्षको सुरुवात कारोबार सकात्मक संकेत गरेको छ ।

    मंगलवार नेप्से २७.१४ अंक बढेर २६८९.२२ विन्दुमा बन्द आएको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक बढेको छ ।

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । मंगलबार कारोबारमा आएका ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार कित्ता शेयर ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

    गत आइतबार ६ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको थियो ।  १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ ।लगानी उपसमूहको परिसूचक २.७१ प्रतिशत बढेको छ।

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १४:४३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij