२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिले नयाँ वर्ष २०८२ को अवसरमा ‘खुसीको मिटर’ अभियान सार्वजनिक गरेको छ । यो अभियान अन्तर्गत ग्राहकहरूले डिजिटल अनुभव मार्फत १ लाखसम्म नगद पुरस्कार जित्न अवसर पाउने भएको छ ।
बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ । यो गेममा जो कोही पनि सहभागी भई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरू जित्ने अवसर रहेको छ । उक्त उपहार प्राप्त गर्नको लागी विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नु पर्ने व्यवस्था रहेको छ ।
बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूको लागि अर्को चरणको गेम पनि सोरूममा नै खेल्न पाउने छन् भने इन–स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको “खुसीको मिटर” रोकेर १ लाखसम्मको नगद पुरस्कार जित्न सक्ने मौका छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij