२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तयारी बिनाको योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखिएको बताएका छन् ।
चालू आर्थिक वर्षमा बिना अध्ययनको करिब ११ हजार योजनामा बजेट लोड गरिएको कारण कार्यान्वयनमा समस्या देखिएको सिंहदरबारमा बसेको राष्ट्रियसभामा पौडेलले बताएका छन्। ७ हजार आयोजना रहेकोमा ११ हजार योजना थप गरि १८ हजार आयोजनालाई अघि बढाउन समस्या भएको पौडेलले बताए ।
आगामी आर्थिक वर्षको बजेट निर्माणको काम भइरहेको जानकारी दिएका छन् भने संविधानमा उल्लेख अधिकार सुनिश्चितताको सीमाभित्र रहेर बजेट निर्माणे गर्ने सोचको साथ गृहकार्य भइरहेको छ ।
ग्रे लिस्टबाट बाहिर निस्कन दुई वर्षको समय रहे पनि त्यसभन्दा अघि नै बाहिर निस्कने गरि सरकार अघि बढेको पौडेलले जिकिर गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij