Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दुर्घटना

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस दुर्घटना

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस दुर्घटना


  • 2.1K
    Shares

    • images
    काठमाडौंबाट रामेछाप जाँदै गरेको बस  दुर्घटना

    काठमाडौं ।  काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका-९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना भएको छ ।

    प्रदेश ३-०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको छ । दुर्घटनामा ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इन्सपेक्टर कृष्ण गिरीले जानकारी दिए ।

    घाइतेहरू मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबै प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको इन्सपेक्टर गिरीले बताए ।

    प्रहरी निरिक्षक गिरीका अनुसार बस चिप्लिएर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइस पनि ठोक्किएको थियो । हाइसका यात्रु भने सकुशल छन् । बसको चालकलाई इलाका प्रहरी कार्यालय मंगलटारको नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - ०९:२९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij