Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बिहानैदेखि काठमाडौंलगायतका स्थानमा वर्षा, के भन्छ मौसम बिभाग ?

बिहानैदेखि काठमाडौंलगायतका स्थानमा वर्षा, के भन्छ मौसम बिभाग ?


  • 2.3K
    Shares

    • images
    बिहानैदेखि काठमाडौंलगायतका स्थानमा वर्षा, के भन्छ मौसम बिभाग ?

    देशभर अधिकांश स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

    अहिले पनि (बिहीबार बिहान ७ बजे) कोसी, मधेस र बागमती प्रदेशका केही स्थान, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पानी परिरहेको मौसमविद् डेभिड ढकालले जानकारी दिए। 

    यस क्रममा कोसी र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षासमेत भएको अर्का मौसमविद् रोजन लामिछानेले जानकारी दिए। ‘केही स्थानमा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा भयो भनेर बुझ्न सकिन्छ’, मौसमविद् ढकालले भने। उनका अनुसार काठमाडौँ उपत्यकाका पनि अधिकांश स्थानमा वर्षा भएको छ। 

    ‘अहिले तथ्यांक आइसकेको छैन, हाम्रो कार्यालय (मौसम विभाग) रहेको विमानस्थल क्षेत्रमा भने ९ मिलिमिटर पानी परेको छ’, मौसमविद् ढकालले भने। मौसम महाशाखाका अनुसार आज पनि वर्षा जारी रहनेछ। 

    जसअनुसार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

    कोसी प्रदेश र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।

    महाशाखाका अनुसार कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

    मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।  

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - ०७:१४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij