२०८२ चैत्र २ गते सोमवार
राजावादी आन्दोलनका फरार कमान्डर दुर्गा प्रसाईंले प्रदर्शनका क्रममा मृत्यु भएकाका परिवारलाई पाँच पाँच लाख रुपैयाँ राहत दिने आश्वासन दिएका छन्।
बिहीबार भिडिओ सन्देश जारी गर्दै प्रसाईंले चैत १५ गते तीनकुनेको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजक र सबिन महर्जनका परिवारलाई सो रकम दिने बताएका हुन्।
प्रसाईंले भनेका छन्, ‘उहाँहरुको परिवारलाई पढाउनको लागि, उहाँहरुको बच्चाको भविष्यको लागि दुईवटै परिवारलाई पाँच पाँच लाख, १० लाख रुपैयाँ दिने घोषणा पनि गर्छु।’
फागुन १५ गतेको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार छन्। उनको यो दोस्रो भिडिओ सन्देश हो। भिडिओमा उनले आफू भागेको नभई जोगिएको दाबी गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij