Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीले फायरिंङ्ग खोलेपछि माधव पक्ष बन्यो रक्षात्मक, ९ गतेको कार्यक्रम गर्यो स्थगित  

ओलीले फायरिंङ्ग खोलेपछि माधव पक्ष बन्यो रक्षात्मक, ९ गतेको कार्यक्रम गर्यो स्थगित  


  • 7.0K
    Shares

    ओलीले फायरिंङ्ग खोलेपछि माधव पक्ष बन्यो रक्षात्मक, ९ गतेको कार्यक्रम गर्यो स्थगित  

    काठमाडौँ । नेकपा एमाले माधव नेपाल पक्षले वैशाख ९ गते काठमाडौंमा आयोजना गरिएको कार्यक्रम स्थगित हुने भएको छ। 

    कोरोना संक्रमण फैलिएको र कोरोना रोकथामका लागि सरकारले समेत सीमित व्यक्तिको उपस्थितिमा मात्र कार्यक्रम, भेला, बैठक गर्न आव्हान गरेपछि नेपाल पक्षले आयोजना गरेको कार्यक्रम स्थगित भएको हो । तर उक्त कार्यक्रम गरे ओली झन् आक्रामक हुने बुझे पछि कार्यक्रम रोकिएको श्रोतको भनाई छ। 

    प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो कार्यक्रम तयारीकै अवस्थामा विश्वभरि फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि पुनः तिव्र रुपमा फैलिरहेको समाचार प्राप्त भएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथाममा सरकार असक्षम भइरहेको छ । यही परिस्थीतिलाई मध्यनजर गर्दै ९ बैशाख २०७८ मा काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रम स्थगित गरिएको छ ।’


    पढ्नुहोस पूरा विज्ञप्ति

    प्रेस विज्ञप्ति
    हाम्रो पार्टी नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस (अप्रिल २२, ९ बैशाख २०७८) विशेष कार्यक्रम सहित भव्यताका साथ मनाउने तयारी गरेको यहाँहरुलाई विदितै छ । ‘नेकपा (एमाले) को एकता बचाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मुल नाराका साथ काठमाडौंको प्रज्ञा भवन, कमलादीमा भव्य कार्यक्रम सहित देशव्यापी रुपमा विविध कार्यक्रमको व्यापक तयारी गरिएको थियो । कार्यक्रमलाई भव्य बनाउन उपत्यकाका पार्टी कमिटी, जनसंगठन, पेशागत संगठनका नेता तथा कार्यकर्ताहरु उत्साहपूर्वक लागिरहनु भएको थियो ।

    हाम्रो कार्यक्रम तयारीकै अवस्थामा विश्वभरि फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि पुनः तिव्र रुपमा फैलिरहेको समाचार प्राप्त भएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथाममा सरकार असक्षम भइरहेको छ । यही परिस्थीतिलाई मध्यनजर गर्दै ९ बैशाख २०७८ मा काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रम स्थगित गरिएको छ । तर संक्रमण नफैलिएका जिल्लाहरुमा भने जारी स्वास्थ्य मापदण्डको पालना गरेर कार्यक्रमहरु गर्न सबैमा अनुरोध छ ।

    गत २०७८ बैशाख ६ गते प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले २५ जनाभन्दा बढी मानिसको जमघट गर्न नपाइने सहितका विभिन्न स्वास्थ्य मापदण्ड बनाएको थियो । तर राष्ट्रपति, प्रधानमन्त्री, सरकारका मन्त्री नै जारी स्वास्थ्य मापदण्ड बिपरित ठुला बैठक, सभा र कार्यक्रमहरुमा सहभागी भइरहनु लज्जाको बिषय हुनुपर्ने हो । आफैले जारी गरेको स्वास्थ्य मापदण्ड विपरित यस्तो गर्नु कोरोना महामारीको फैलँदो संक्रमणलाई वेवास्ता मात्र होइन जनस्वास्थ्यप्रतिको गम्भीर खेलवाड एवम् गैरजिम्मेवारीपनको पराकाष्टा हो । हामी यसप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौँ ।

    कोराना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सम्बन्धी मापदण्ड पालना सहित आवश्यक स्थानमा स्वयंसेवकीय भूमिका निर्वाह गर्न सिंगो पार्टी पंक्ति सहित आम जनसमुदायलाई हार्दिक अपील गर्दछौँ ।


    योगेश भट्टराई
    प्रमुख

    प्रकाशित मिति :बैशाख ७ २०७८ मंगलवार - १६:३०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij