Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

रवि पक्राउ : प्रहरी ज्यादती भएको भन्दै रास्वपाले बुझायो मानव अधिकार आयोगलाई ज्ञापनपत्र

रवि पक्राउ : प्रहरी ज्यादती भएको भन्दै रास्वपाले बुझायो मानव अधिकार आयोगलाई ज्ञापनपत्र


  • 1.1K
    Shares

    • images
    रवि पक्राउ : प्रहरी ज्यादती भएको भन्दै रास्वपाले बुझायो मानव अधिकार आयोगलाई ज्ञापनपत्र

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको र मानव अधिकार हनन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

    आयोगको ध्यानाकर्षण गराउन कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार लगायतका नेताहरु आज बिहान आयोगको कार्यालयमा पुगेका थिए । उनीहरुले लामिछानेको मानव अधिकार रक्षाका लागि भन्दै  आयोग पदाधिकारीको ध्यानाकर्षण गराएका थिए ।

    सहकारीको रकम ठगेको कसुरमा चैत २२ गते शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै उच्चले पुर्पक्षमा पठाउन आदेश दिएपछि सोही दिन राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो ।

    भोलिपल्ट शनिबारको सार्वजनिक बिदा भएकाले दुई रात हिरासतमा राखेर २३ गते मात्रै उनलाई भैरहवा कारागार चलान गरिएको थियो । लामिछानेलाई पक्राउ पुर्जी विना नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको भन्दै रास्वपाले विरोध जनाउँदै आएको छ ।

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - ११:२९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij