Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

एक करोड रुपैयाँभन्दा कमको योजना समावेश नगर्ने मधेस सरकारको निर्णय

एक करोड रुपैयाँभन्दा कमको योजना समावेश नगर्ने मधेस सरकारको निर्णय


  • 1.2K
    Shares

    एक करोड रुपैयाँभन्दा कमको योजना समावेश नगर्ने मधेस सरकारको निर्णय
    images

    काठमाडौं । आगामी आर्थिक वर्षदेखि १ करोड भन्दा कम लागतको वार्षिक बजेट योजना समावेश नगर्ने मधेस सरकारले निर्णय गरेको छ । पहिलो पटक जनकपुरधाममा बसेको प्रदेश विकास समस्या समाधान समितिको बैठकले यस्तो निर्णय गरेको छ ।

    बैठकले एक करोडभन्दा कम लागतको कुनै पनि योजना वा कार्यक्रम वार्षिक कार्ययोजनामा नसमेटिने  निर्णय गरेको हो । मधेस प्रदेश नीति तथा योजना आयोगले तयार पारेको ‘प्रोजेक्ट बैंक’ मा सबै योजनाहरू प्रविष्ट गरेपछि मात्र तिनलाई ‘पीएलएमबीआइएस’ प्रणालीमा समावेश गर्ने निर्णय बैठकमा भएको छ ।

    आगामी जेठ २१ गतेभित्र सबै आयोजनाहरू प्रोजेक्ट बैंक तथा पीएलएमबीआइएसमा दर्ता गर्नु पर्ने आयोगको उपाध्यक्ष डा सोहनकुमार साहले बताएका छन् । अधुरा, अपूरा योजनाको विवरण पनि प्रोजेक्ट बैंकमा समावेश गर्ने त्यसलाई  पनि आवश्यकता अनुसार वार्षिक कार्यक्रममा राख्ने बैठकले निर्णय गरेको छ ।

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - ११:२६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij