२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि चितवनको विभिन्न स्थानमा दर्ता भएको २७९ वटा उद्योग बन्द गरिएको छ । गत आर्थिक वर्ष पनि सोहीसमयमा १८१ उद्योग बन्द भएको थियो ।
वैदेशिक प्रयोजनको लागि दर्ता गरिएको अधिकांश उद्योग बन्द भएको र कतिपय सञ्चालन हुन नसकेर पनि बन्द भएको कार्यालयको सूचना अधिकारी शक्तिमान कुमालले बताएका छन् । कुमालको अनुसार यस वर्ष २७३ नयाँ उद्योग दर्ता भएको छन् भने निजी फर्ममा २६२, सामुदायिक फर्ममा सात र प्राइभेट लिमिटेडमा चार उद्योग दर्ता भएका छन् । गत वर्ष पनि सोही समयमा ३२९ उद्योग दर्ता भएर सञ्चालनमा आएका थिए ।
वैदेशिक रोजगारीको लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको र आम्दानी नभएपछि विदेश जानको लागि बन्द गर्नेहरुको सङ्ख्या उच्च रहेको कुमालले बताए। यस आर्थिक वर्षमा २ हजार १६७ उद्योग नवीकरण भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij