२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । कुवेतमा एक नेपाली महिलाको हत्या भएको छ। कुवेतमा एक महिलाको हत्या भएको छ । कुवेतको मंगाफस्थित एक आवासीय भवनमा बस्दै आएकी रोजिना राईको हत्या भएको हो। करिव ५ महिनाअघि मात्र कुवेत पुगेका रोजिनाको प्रमी भोजपुर घर भएका सुनिल राईले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।
कुवेतमा रहेका समाजसेवी तथा सामाजिक अभियन्ता घनश्याम थापा मगरका अनुसार उनीहरुको प्रेम सम्बन्धमा खटपट आएपछि सुनिलले रोजिनाको हत्या गरेको हुनसक्ने बताए। उनीहरु बीच प्रेम सम्बन्धमा खटपट भएपछि रोजिनाले अर्कै प्रमीसँग सम्बन्ध जोडेपछि मादक पदार्थ सेवन गरेर चक्कु र पेचकस प्रहार हत्या गरेको अभियन्ता थापाले बताए।
हत्या अभियुक्त सुनिल रोजिना विगत ६ बर्षदेखी प्रेम सम्बन्धमा रहेको र रोजिनाकै योजना अनुसार कुवेत पुगेर डेलिभरी कम्पनीमा कार्यरत थिए। प्रमिकाले समय नदिएको,फोन सम्पर्क गर्दा बाहिर छु भनेर झुक्याउने गरेको कारण उनी रिसले आगो बनेका थिए। भेटघाट र कुराकानी पातलिदै गरेपछि प्रेममा खटपट भयो अनि सुनिलले अब जसरी भएपनि सिध्याउने रणनीति बुने।
बिहिबार रोजिना मंगाफस्थित अर्का साथी रोजिनको कोठामा थिईन । उनले सुनिललाई फेसबुक म्यासेन्जरमा ब्लक गरेकि थिईन् । आफ्नो प्रमिका त्यहाँ गएको कम्फम गरेर हत्या गर्ने योजना सहित उनी आफू बस्ने ठाउँ फाहिलबाट चक्कु र पेचकस लिई अन्य दुई साथीलाई साथ लिएर उनी मंगफमा रोजिनको कोठामा पुगे ।
कोठामा घण्टी बजाउँदा ढोका नखोलेपछि मादक पदार्थले लठीएक उनले ढोकामा लात्ताले हान्न थाले। अति भएपछि रोजिनाले धोका खोलिन र उनीहरु दुवै बीच वादविवाद बढ़दै गयो त्यसपछि धारिलो हतियार चक्कु प्रहार गरेर रोजिनाको विदेशी भूमिमा ज्यान लिए।
अहिले उनलाई कुवेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने अभियुक्तले पनि सम्बन्धमा खटपट भएपछि आफू हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। सामान्यतया कुवेतमा हत्या गर्नेलाई मृत्युदण्ड दिने कानुन छ। अब मृतकको परिवारले ब्लडमनी स्वीकार नगरे उनलाई पनि त्यहाँ मृत्युदण्ड दिईनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij