२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सेवा र विद्युतीय व्यापार नियमन तथा प्रवर्द्धन गर्नमा जुटेको छ ।
प्रविधिको विकाससँगै नेपालमा विद्युतीय व्यापार दिनानुदिन बढ्दै गइरहेको छ । विद्युतीय व्यापार ऐन, २०८१ जारी भइसकेपछि कार्यान्वयनको सन्दर्भमा मन्त्रालयले आवश्यक पहल थालेको मन्त्रालयको प्रवक्ता जितेन्द्र बस्नेतले बताएका छन् ।
विश्व व्यापार सङ्गठनको सहकार्यमा मन्त्रालयले आइतबार सेवा तथा विद्युतीय व्यापार सम्बन्धी तीन दिने कार्यशालासमेत सम्पन्न गरेको छ । केही समयअघि मात्र ऐन पारित भएकाले कार्यान्वयनको लागि साझेदार निकायहरूसँग छलफल तथा सुझाव सङ्कलनको काम भइरहेको बस्नेतले बताए ।
सेवा व्यापार र विद्युतीय व्यापारको सैद्धान्तिक अवधारणा, विश्व व्यापार सङ्गठनमा भइरहेको वार्ताको विषय समेटी विश्व व्यापार सङ्गठनको सचिवालयबाट आएका विज्ञ स्रोत व्यक्तिले अभिमुखीकरण प्रदान गरेको बस्नेतले बताएका छन् ।
नेपालको अर्थतन्त्रमा ६०% भन्दा बढी योगदान रहेको सेवा क्षेत्रको विकास, विस्तार र सेवा व्यापारको प्रवर्द्धन एवं आर्थिक विकासको लागि महत्त्वपूर्ण रहेको मन्त्रालयले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij