२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगले करिब पाँच महिनापछि आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ।
उद्योगमा सिमेन्ट उत्पादनको लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः सुरु भएको हो। उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि हाल भने १२ हजार बोरा उत्पादन भइरहेको छ।
उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन अहिले जगेडामा राखिएको छ। दोस्रो चरणमा गरी करिब ४ हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिएका छन्।
चुनढुङ्गा पेल्नको लागि उद्योगलाई दैनिक ८ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त कर्णले बताएका हुन। हाल उद्योगमा १९५ जनाले स्थायी रोजगारीको अवसर प्राप्त गरिरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij