२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधसभाका आफ्ना २७ सांसद सरकार विरोधी गतिविधिमा लागिरहेको भन्दै स्पष्टीकरण सोधेको छ । माधव नेपाल समूहमा लागेर उनीहरूले सरकारविरोधी गतिविधि गरिएको भन्दै स्पष्टीकरण सोधिएको ओली निकट नेताले जानकारी दिए।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाधिवेशन आयोजक कमिटीको बैठकको निष्कर्ष अनुसार उनीहरूलाई स्पष्टीकरण सोधिएको बताए । 'स्पष्टीकरण सोध्ने विषयमा हिजोको बैठकमा छलफल भएको थियो । त्यही छलफल कार्यान्वयन गर्न लागिएको हुनुपर्छ,' उनले भने ।
सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएको अवस्थामा उनीहरूले कर्णालीमाझैँ फ्लोर क्रस गर्न सक्ने आशंकासहित उनीहरूलाई सचेत गराउँदै स्पष्टीकरण लिने तयारी अध्यक्ष ओलीले गरेका हुन् । माधव नेपाल पक्षीय सांसदहरूलाई आजै पत्र पठाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । माधव नेपाल र उनका सम्धी सोम पाण्डे समेत ओलीको कारबाहीको लिस्टमा छन्। पाण्डे अस्ति सम्म तारन्तार बालुवाटार धाउने गर्थे।
अध्यक्ष ओलीले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई यसअघि नै ६ महिना निलम्बन गरेका थिए । नेपाल पक्षले कर्णालीमा अक्षम्य अपराध गरेको ओलीले बताइसकेका छन् । सांसदहरूबाट चित्तबुझ्दो जवाफ नआए उनीहरूलाई पार्टीबाट निष्कासनसम्मको कारबाही गर्ने ओलीको तयारी छ ।
यी हुन् स्पष्टीकरण सोधिएका सांसद
१) माधवकुमार नेपाल
२) झलनाथ खनाल
३) भीम रावल
४) घनश्याम भुसाल
५) सुरेन्द्र पाण्डे
६) योगेशकुमार भट्टराई
७) मेटमणि चौधरी
८) यज्ञराज सुनुवार
९) जीवनराम श्रेष्ठ
१०) पवित्रा निरौला
११) विरोध खतिवडा
१२) सोमप्रसाद पाण्डे
१३) भवानी खापुङ
१४) नारायण खतिवडा
१५) जयकुमार राई
१६) गणेश पहाडी
१७) दिपकप्रकाश भट्ट
१८) झपट रावल
१९) हिराचन्द्र केसी
२०) पुष्पाकुमारी कर्ण कायस्थ
२१) कल्याणी खड्का
२२) लक्ष्मीकुमारी चौधरी
२३) सरलाकुमारी यादव
२४) कृष्णलाल महर्जन
२५) नीरादेवी जैरु
२६) मुकुन्द न्यौपाने
२७) रामकुमारी झाँक्री
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij