Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

झाँक्री सहितका यी २७ सांसदलाई ओलीले अगुल्टो हान्ने, बैगुनी केटोलाई यसरी पार्दैछन् पत्तासाफ

झाँक्री सहितका यी २७ सांसदलाई ओलीले अगुल्टो हान्ने, बैगुनी केटोलाई यसरी पार्दैछन् पत्तासाफ


  • 7.8K
    Shares

    झाँक्री सहितका यी २७ सांसदलाई ओलीले अगुल्टो हान्ने, बैगुनी केटोलाई यसरी पार्दैछन् पत्तासाफ

    काठमाडौँ । सत्तारुढ नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुग्दा जननिर्वाचित प्रतिनिधिहरु नै घानमा मुछिने भएका छन्। सोमबारको दशौं महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकबाट माधव नेपालसहितका आठ नेतालाई अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दर्जन सांसदलाईसमेत निष्कासनको तयारी गरेका छन्। त्यसका लागि सूचीसमेत तयार भइसकेको छ। 

    आयोमेललाई ओलीनिकट श्रोतबाट प्राप्त जानकारी अनुसार अब १० गते बस्ने बैठकले नेपालसहित समानान्तर गतिविधि निर्माणमा लागेका नेता र सरकारलाई अफ्ठ्यारोमा पारेर काम गरिरहेको केही समिति सभापतिसमेत रहेका सांसदहरु निष्कासन हुँदैछन्।

    जसअनुसार संघीय संसदका २७ जना र प्रदेशका पाँचजनासहित ३२ जना सांसदलाई सांसद पदबाट हटाउने तयारी छ।

    अन्तिम स्पष्टिकरण सोधिएका आठजनाको नाम हिजो नै सार्वजनिक भएपनि अन्यको नाम भने रातिमात्र तयार भएको ती नेताले बताए। जसमध्ये माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे र कर्णालीका फ्लोर क्रस गरेका चार सांसदलाई दुई दिनको स्पष्टीकरणसहितको पत्र आज पठाइँदैछ।

     निष्कासनमा पर्ने सांसदहरुको सूचिमा एमालेका वरिष्ठ नेतासमेत रहेका झलनाथ खनालसमेत छन्। यसअघि कारबाहीमा पर्नेको सूचीमा खनाल पनि पर्ने भनिएतापनि अन्तिम समयमा उनको नाम हटाइएको थियो। तर, यसपटक भने ओलीले खनाललाईसमेत हटाउन लागेका हुन्।

    यस्तै माधव नेपालनिकट रहेकी र संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापतिसमेत रहेकी पवित्रा निरौला खरेल, सांसद योगेश भट्टराई, रामकुमारी झाक्री, झपट रावल, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा,  मेटमणि चौधरी, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा छन्। यस्तै जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द न्यौपाने रहेका छन्।

    उता कर्णालीबाट भने फ्लोर क्रस गरेका  प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्बरबहादुर थापा र अन्तिम समयमा सच्याएकी देवी ओलीमाथिसमेत ओलीले कारबाहीको डण्डा चलाउँदैछन्। उता योगेश भट्टराईलाई पत्तासाफ बनाउन ओलीले देउवा संग आगामी चुनाबमा समेत राम्रो उम्मेदवार उठाउन आग्रह गरि सकेका छन्।  माओवादीका जनाधार भएका नेता ओली संगै लागेका छन्। माधव खेमामा खुलेका तीलकुमार मेनेयान्वो   समेत ओली पक्षमा लागेपछि योगेश ताप्लेजुङ्गमा लगभग पत्तासाफ हुने चरणमा छन्।

    प्रकाशित मिति :बैशाख ७ २०७८ मंगलवार - १२:४२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij