Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कैदीको पेटबाट निकालियो मोबाइल, एक वर्षअघि निलेका थिए

कैदीको पेटबाट निकालियो मोबाइल, एक वर्षअघि निलेका थिए


  • 1.8K
    Shares

    कैदीको पेटबाट निकालियो मोबाइल, एक वर्षअघि निलेका थिए

    काठमाडौं । भारतको नयाँ दिल्लीस्थित ‘गुरु तेज बहादुर’ (जीटीबी) अस्पतालका चिकित्सकले एक जना कैदीको पेटमा रहेको मोबाइल निकालेका छन् । शल्यक्रियामार्फत ती कैदीको पेटबाट चिकित्सकले मोबाइल निकालेका हुन् ।

    ‘एसियन जर्नल अफ केस रिपोर्टस् इन सर्जरी’मा प्रकाशित रिपोर्ट अनुसार पेट दुख्ने समस्या भएका एक कैदीको स्वास्थ्य परीक्षणका क्रममा उनको पेटमा मोबाइल रहेको तथ्य प्रकाशमा आएको थियो । उक्त मोबाइल ती कैदीले करिब एक वर्षअघि निलेका थिए । पेट दुखेर बिरामी भएका कैदीलाई जीटीबी अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो ।

    अस्पतालका चिकित्सक डा। हिमांशु अग्रवाल, डा. निलान्जना, डा. नीतू र डा. हिमांशु तंवरको टिमले २३ वर्षीय ती कैदीको शल्यक्रिया गरी पेटमा रहेको मोबाइल निकालेका हुन् । पेटमा उक्त मोबाइल दुई टुक्रा भएको अवस्थामा निकालिएको चिकित्सकको भनाइ छ ।

    पेटबाट निकालिएको मोबाइल ५.७ सेन्टीमिटर लामो र २.५ सेन्टीमिटर चौडाइ रहेको जनाइएको छ । मोबाइलका कारण ती कैदीको पेटमा कुनै प्रकारको सङ्क्रमण नभएको चिकित्सकको भनाइ छ ।

    ती कैदीले एक वर्ष अघि जानाजान मोबाइल निलेको चिकित्सकलाई बताएका छन् । पेटमा पुगिसकेपछि उक्त मोबाइल दुई टुक्रामा विभाजित भएको बताइएको छ । शल्यक्रियापछि ती कैदीको स्वास्थ्यमा सुधार आएको पनि उक्त रिपोर्टमा उल्लेख छ ।

    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - १०:०८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij