Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अदालत

कुलमान र हितेन्द्रदेवको मुद्दामा आज तेस्रो दिनको सुनुवाइ हुँदै

कुलमान र हितेन्द्रदेवको मुद्दामा आज तेस्रो दिनको सुनुवाइ हुँदै


  • 1.1K
    Shares

    • images
    कुलमान र हितेन्द्रदेवको मुद्दामा आज तेस्रो दिनको सुनुवाइ हुँदै

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज तेस्रो दिनको सुनुवाइ हुँदैछ ।

    नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा मंगलबारदेखि न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । 
     
    विशेष प्राथमिकता दिई सुरु भएको सुनुवाइमा यसअघि मंगलबार कुलमान र बुधबार हितेन्द्रका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए । यस्तै, बुधबार सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस गरेका थिए।  

    आज सरकारी वकिल र हितेन्द्रका कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।

    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - ०९:३७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij