Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौँमा अत्याधिक वायु प्रदूषण, कहिले हट्छ ?

काठमाडौँमा अत्याधिक वायु प्रदूषण, कहिले हट्छ ?


  • 2.0K
    Shares

    • images
    काठमाडौँमा अत्याधिक वायु प्रदूषण, कहिले हट्छ  ?

    काठमाडौँ । विगत केही दिनदेखि अत्याधिक वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ । 

    भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले बताइन् ।

    हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उनले बताइन् । बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उनले भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिइन् ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको तथा लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ ।

    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - ०६:०९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij