२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपक बोहराको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । बोहरालाई श्रद्धाञ्जली दिन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललगायत विभिन्न पार्टीका नेताहरू पुगेका छन् ।
पार्टीका कार्यालयमा कार्यकर्ताहरूको भीड लागेको छ । बोहराको मंगलबार निधन भएको थियो । उनको आजै दाहसंस्कार गरिने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij