२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर कम्पनीहरूका लागि मर्जरको ढोका खुला गरिदिएको छ । बोर्डले धितोपत्र व्यवसायी गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१ जारी गर्दै मर्जरमा जान इच्छुक कम्पनीहरूका लागि ढोका खुला गरिदिएको हो ।
निर्देशिकामा मर्जरमा जान चाहने ब्रोकरले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ (क)बमोजिम धितोपत्र बोर्डको स्वीकृति लिएर अर्को ब्रोकरलाई प्राप्ति वा मर्ज गर्न सकिने व्यवस्था गरिएको छ ।
निर्देशिका अनुसार मर्जरमा जान चाहने ब्रोकरले सम्पत्ति तथा दायित्व मूल्याङ्कन गराउनुपर्ने व्यवस्था निर्देशिकामार्फत गरिएको छ। जसअनुसार धितोपत्र बोर्डबाट सैद्धान्तिक सहमति प्राप्त गरेका ब्रोकरले स्वतन्त्र मूल्याङ्कनबाट आफ्नो सम्पत्ति, दायित्व तथा व्यावसायिक कारोबारको पछिल्लो अवधिको मूल्याङ्कन (ड्यु डेलिजेन्स अडिट) गराउनुपर्नेछ।
ब्रोकर मर्जरमा जानका लागि आवश्यक कागजात उपर जाँचबुझ गर्दा सैद्धान्तिक सहमति प्रदान गर्न उपयुक्त हुने देखेमा बोर्डले १५ कार्यदिनभित्र त्यस्ता धितोपत्र व्यवसायीलाई गाभ्नेरगाभिने वा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन आवश्यक सर्त नै तोकेर सैद्धान्तिक सहमति दिने भएको छ ।
यस्तो सहमति प्रदान गर्न नसकिने देखिएमा त्यस्तो सैद्धान्तिक सहमति प्रदान नगर्ने भनी बोर्डबाट निर्णय भएको मितिले ७ कार्यदिनभित्र सोको कारण समेत खुलाई निवेदकलाई जानकारी दिनु पर्ने व्यवस्थामा निर्देशिकामा छ । स्वतन्त्र मूल्याङ्कनकर्ताको मूल्याङ्कन गर्दा तय गरिउनुपर्ने आधारहरूसमेत निर्देशिकामा तोकिएको छ ।
गाभ्नेरगाभिने वा प्राप्ति गर्ने ब्रोकरको गणना गरिएको समायोजित खुद सम्पत्ति (एड्जस्ट नेटवर्थ)लाई ७५ प्रतिशत, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्याकन (डिस्काउन्टेड क्यास फ्लो) विधि प्रयोग गरी तयारी गरिएको व्यावसायिक (बिजनेस भ्यालुएसन)लाई १५ प्रतिशत र इन्टरनेसनल भ्यालुएसन स्ट्यान्डर्डका आधारमा गणना गरिएको अन्य कुनै एक विधि प्रयोग गरी गरिएको मूल्याङ्कनलाई १० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।
मूल्याङ्कन प्रतिवेदनसमेतका आधारमा ब्रोकरको अन्तिम शेयर स्वाप अनुपात निर्धारण गर्नुपर्ने र त्यस्तो शेयर स्वाप अनुपात सम्बन्धित ब्रोकरको सञ्चालक समितिबाट अनुमोदन गराएको हुनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ।
गाभ्नेरगाभिने वा प्राप्ति गर्ने प्रक्रिया, लाग्ने समय र लागतको विवरण, गाभिए पछि वा प्राप्ति पछिको पूँजी संरचना, नियन्त्रणमा परिवर्तन, स्वामित्व संरचना तथा गाभिएर वा प्राप्ति पछि कायम रहने संस्थामा तत्काल गठन हुने सञ्चालक समितिको विवरण, गाभ्नेरगाभिने वा प्राप्ति पछि धितोपत्र व्यवसायीको कर्मचारीको संख्या, तह, सेवा सुविधाको मिलान सम्बन्धी व्यवस्था सरोकारवालाको गुनासो व्यवस्थापन पद्धति, धितोपत्र व्यवसायी सम्बन्धी प्रचलित कानून र सोको पालना भएको घोषणा र बोर्डले निर्धारण गरेका अन्य व्यवस्था समावेश भएको हुनुपर्ने छ ।
कम्पनीको साधारण सभाबाट सेयर स्वाप अनुपात सहित गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धमा निर्णय भएको मितिले १५ कार्य दिनभित्र धितोपत्र व्यवसायीले अन्तिम स्वीकृतिका लागि बोर्डमा संयुक्त रूपमा निवेदन दिनु पर्नेछ ।
मर्जपछि एकीकृत कारोबार गर्न गाभ्नेरगाभिने वा प्राप्ति गर्ने अन्तिम स्वीकृति प्राप्त गरेको धितोपत्र व्यवसायीले कम्पनी सम्बन्धी प्रचलित कानून बमोजिम एकीकृत व्यावसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् एकीकृत व्यावसायिक कारोबार गर्ने मिति निर्धारण गरी सोको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थालाई दिनु पर्नेछ ।
एकीकृत कारोबार सुरु गर्नुअघि गाभिने वा प्राप्ति हुने धितोपत्र व्यवसायीको धितोपत्रको पुल एकाउन्टमा रहेका धितोपत्र राफसाफ भइसकेको हुनुपर्नेछ ।
एकीकृत कारोबार सुरु गर्नुअघि धितोपत्र बजारले गाभ्नेरगाभिने वा प्राप्ति भई कायम भएको धितोपत्र व्यवसायी मार्फत मात्र कारोवार हुने गरी कारोवार व्यवस्थापन प्रणाली ९टिएमएस०को व्यवस्था मिलाउनु पर्नेछ ।
एकीकृत कारोबार सुरु गर्नुअघि केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले गाभ्नेरगाभिने वा प्राप्ति भई कायम भएको धितोपत्र व्यवसायी मार्फत मात्र हितग्राही खाता खोल्ने व्यवस्था मिलाउनु पर्ने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ ।
केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले एकीकृत कारोबार सुरु गरे पश्चात सो भन्दा अगाडि कायम रहेको हितग्राही खातालाई गाभ्नेरगाभिने वा प्राप्ति भई कायम भएको धितोपत्र व्यवसायीको खातामा रहने व्यवस्था मिलाउनु पर्नेछ ।
धितोपत्र व्यवसायीले गाभ्नेरगाभिने वा प्राप्ति गर्ने कार्य प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र कार्य सम्पन्न गर्नु पर्ने उल्लेख गरिएको छ । गाभ्नेरगाभिने वा प्राप्ति गर्ने प्रयोजनको लागि धितोपत्रको कारोबार रोक्का गर्न आवश्यक भएमा सम्बन्धित धितोपत्र व्यवसायीले बोर्डको स्वीकृति लिई रोक्का गर्न सक्नेछ ।
धितोपत्र व्यवसायीले धितोपत्रको कारोबार रोक्का राख्ने प्रयोजनको लागि कम्तिमा ३ कार्यदिन अघि बोर्डमा निवेदन दिनुपर्नेछ । मर्जरमा निवेदन प्राप्त भएमा बोर्डले त्यस्तो धितोपत्र व्यवसायीको धितोपत्रको कारोबार रोक्का राख्न आवश्यक देखेमा अवधि तोकी रोक्का राख्न स्वीकृति दिन सक्नेछ ।
गाभिने वा प्राप्ति हुने धितोपत्र व्यवसायीको मुख्य कार्यालयलाई शाखा कार्यालयको रूपमा तथा कायम रहेको शाखा कार्यालय यथावत रुपमा सञ्चालन गर्न बाधा पर्ने छैन । तर, काठमाडौा उपत्यका भन्दा बाहिर कुनै एक स्थानीय तहमा एक भन्दा बढी शाखा हुने भएमा सो समेत गाभिई एकै शाखा कार्यालय कायम गर्नु पर्नेछ ।
यससँगै अब सेयर ब्रोकर कम्पनीहरु पनि मर्ज भएर एकीकृत कारोबार गर्न सक्नेछन् । धितोपत्र बोर्डले ब्रोकर कम्पनीको न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ तोकेको छ । आगामी असार मसान्तभित्र यो पुँजी पुर्याउनुपर्ने बाध्यतामा ब्रोकर कम्पनीहरू छन् । हाल सञ्चालनमा रहेका ९० वटा स्टक ब्रोकर कम्पनीमध्ये ३८ वटाले तोकिएको चुक्ता पुँजी पुर्याउन सकेका छैनन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij