२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा आज पनि सुनुवाइ हुँदैछ ।
मंगलबारदेखि न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भइरहेको छ।
मंगलबार उक्त रिटमाथि वरिष्ठ अधिवक्ताहरू दिनमणि पोखरेल, ललित बस्नेत, तुल्सी भट्ट, माधव बस्नेत, मेघराज पोखरेललगायतले बहस गरेका थिए ।
उनीहरूले सरकार पूर्वाग्रही भएर विधि र मान्यता विपरीत कुलमानलाई हटाइएको भन्दै तत्काल पुनर्स्थापना गर्नुपर्ने माग गरेका थिए ।
रिटलाई विशेष प्राथमिकता दिई सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखी बुधबारका लागि अर्को पेसी तोकिएको थियो ।
।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij