Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

आजको लागि तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक, प्रतिकिलो भाउ कति?

आजको लागि तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक, प्रतिकिलो भाउ कति?


  • 1.3K
    Shares

    • images
    आजको लागि तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक, प्रतिकिलो भाउ कति?
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

    आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो २५, आलु रातो प्रतिकिलो ३४, आलु रातो (भारतीय) प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५०, गाजर (लोकल) प्रतिकिलो ३५, गाजर (तराई) प्रतिकिलो ३५, बन्दा (लोकल) प्रतिकिलो १५, बन्दा (तराई) प्रतिकिलो १५, बन्दा (नरिवल) प्रतिकिलो २०, काउली (स्थानीय) प्रतिकिलो ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो ५०, मूला रातो प्रतिकिलो ५०, मूला सेतो (लोकल) प्रतिकिलो १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो ३० तथा भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडीको मूल्य प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ ।

    यसैगरी, मटरकोसा प्रतिकिलो ७०, घिउ सिमी (लोकल) प्रतिकिलो ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, टाटे सिमी प्रतिकिलो ७०, तितो करेला प्रतिकिलो १००, लौका प्रतिकिलो ५०, परबर (तराई) प्रतिकिलो ९०,घिरौला प्रतिकिलो ७०, झिगुनी प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५, भिण्डी प्रतिकिलो ११० रुपैयाँ कायम गरिएको छ ।

    यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ५०, पिँडालु प्रतिकिलो ९०, स्कूस प्रतिकिलो ४०, रायो साग प्रतिकिलो ७०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग १००, तोरीको साग प्रतिकिलो ६०, मेथीको साग प्रतिकिलो ९०, प्याज हरियो प्रतिकिलो ५०, बकुला प्रतिकिलो ६०, तरुल प्रतिकिलो १२०, च्याउ (कन्य) प्रतिकिलो १५०, च्याउ (डल्ले) प्रतिकिलो ३३० तथा कुरिलो प्रतिकिलो ६०० रुपैयाँ निर्धारण गरिएको छ ।

    निगुरो प्रतिकेजी १००, ब्रोकाउली प्रतिकिलो ५०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो २००, कोइरालो प्रतिकिलो १८०, रातो बन्दा प्रतिकिलो ५०, जिरीको साग प्रतिकिलो ६०, ग्याठकोभी प्रतिकिलो ६०, सेलरी प्रतिकिलो १२०, पार्सले प्रतिकिलो २५०, सौफको साग प्रतिकिलो ७०, पुदिना प्रतिकिलो २५०, गान्टे मूला प्रतिकिलो ७०, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १२० र गुन्द्क प्रतिकिलो ३५० रुपैयाँ तोकेको छ ।

    समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फूजी) प्रतिकिलो ३५०, केरा (दर्जन) १६०, कागती प्रतिकिलो २५०, अनार प्रतिकिलो ३५०, अङ्गुर (हरियो) प्रतिकिलो २००, अङ्गुर (कालो) प्रतिकिलो २५०, भारतीय सुन्तला २५०, तरबुजा हरियो प्रतिकिलो ७०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो २००, भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकिलो ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३०, रुख कटहर प्रतिकिलो १००, नासपाती (चाइनिज) प्रतिकिलो २६०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो १२०, अम्बा प्रतिकिलो १२०, लप्सी प्रतिकिलो १००, स्ट्रबेरी (भुइँऐसेलु) २५०, किबी प्रतिकिलो ४५० तथा आभोकाडो प्रतिकिलो ६५०, अमलाको मूल्य प्रतिकिलो ८० रुपैयाँ निर्धारण गरिएको छ ।

    प्रकाशित मिति :चैत्र १९ २०८१ मंगलवार - ०७:३२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij