Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रदर्शनस्थलमै समातिएका दुर्गा प्रसाईं कसरी फुत्किए, किन चलाइएन गोली ?

प्रदर्शनस्थलमै समातिएका दुर्गा प्रसाईं कसरी फुत्किए, किन चलाइएन गोली ?


  • 2.5K
    Shares

    • images
    प्रदर्शनस्थलमै समातिएका दुर्गा प्रसाईं कसरी फुत्किए, किन चलाइएन गोली ?

    काठमाडौं । शुक्रबार तीनकुनेमा दुर्गा प्रसाईंले उत्तेजित हुँदै प्रहरी, सञ्चारकर्मी अनि आफ्नै समर्थकलाई समेत किच्याउने हिसाबले गाडी हुइँक्याएको दृश्य तपाईंले हेर्नु भएकै होला ।

    धेरैले त्यो श्रव्यदृश्य हेरेपछि प्रहरीमाथि प्रश्न गरेका छन्, किन त्यतिबेला गोली चलाइएन ? काठमाडौंका प्रहरी अधिकृतहरु नै उनको त्यो गतिविधिलाई केही बेर पहिल्यै रोक लगाउनु पर्नेमा चुक भएको स्वीकार्छन् ।

    धेरैले त्यसबेला आत्मरक्षाका अरु कदमहरु किन नचालेको भनेर फिल्डमा खटिएका प्रहरीहरुमाथि पनि प्रश्न गरिरहेका छन् । तर, कमैलाई थाहा छ, प्रसाईं त्यसरी उद्दण्डता मच्चाउँदै तीनकुने पुल कटेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    सुविधानगर अगाडि प्रहरी घेरा हालेर बसेको ठाउँमा उनी ‘बाग्मती प्रदेश ०२७ च ३८४७’ नम्बरको गाडी हुइँक्याउँदै आएका थिए, पछाडि उनका समर्थक र केही युट्युबरहरु चढेका थिए । त्यही बेला निषेधित क्षेत्र तोडेर अगाडि बढ्न नदिने गरी लहरै खटिएकामध्ये एक प्रहरीले प्रसाईंको गाडीको चाबी खोस्न खोजेका थिए ।

    तर, उनले झ्यालको सीसा बन्द गरिहाले । र, जबरजस्ती अगाडि बढे । आफैंलाई किच्याउने स्थिति भएपछि प्रहरी पछि हट्न बाध्य भयो । थोरै अघि रहेका सशस्त्र प्रहरीको टोलीले भने प्रसाईंको गाडीमा लाठी बजारे, यद्यपि तीब्र गतिमा आएका अराजक प्रसाईंसामू तत्काल सशस्त्र प्रहरीले पनि थप कदम चाल्न सकेन ।

    तीनकुने पुल कटेपछि बीचको लेन बन्द थियो, उनले गाडी दाहिनेतिर मोडे । त्यहाँ रहेको ट्राफिकको गति सीमित गराउने ‘कोन’मा समेत हान्दै प्रसाईं तीन सय मिटर अगाडि गए ।

    प्रकाशित मिति :चैत्र १८ २०८१ सोमवार - २०:५१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij