२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । बिभाजनको अन्तिम बिन्दुमा पुगेको नेकपा एमालेमा अब वारपारको लडाई शुरू भएको छ। एमालेले माधव नेपालसहितका केन्द्रका चार निलम्बित नेता र प्रकाश ज्वाला लगायत कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ५ जनालाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सोमवार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रकाश ज्वालासहितका सांसद र ‘फ्लोर क्रस’ गर्न लगाउने थप २० जनालाई २ दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
अन्तिम चेतावनीपूर्वक स्पष्टीकरण सोधिनेहरूमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे साथै प्रकाश ज्वालासहित ५ जना लगायत छन् ।
उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारवाही गर्ने बताइएको छ । कानूनबमोजिम मनासिव माफिकको सफाइ पेस गर्ने मौका दिनका लागि २ दिनको अन्तिम चेतावनीसहितको स्पष्टीकरण मागिएको एक नेताले बताए । त्यसपछि माधव नेपालसहितका नेताहरूमाथि थप कडा कारवाही हुने अध्यक्ष ओलीले बताएका छन् । र बैशाख १० गतेको बैठकले उनीहरुलाई पार्टी बाट लखेट्ने छ। ११ गते धरहरा उद्घाटन गर्नु अघि माधव नेपाललाई कोर्रा हान्ने ओलीको योजना छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij