Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

अविश्वासको प्रस्ताव ल्याउने सांसदलाई मन्त्री बनाएर यसरी प्रस्ताव तुहाउँदैछन् मुख्यमन्त्री, यी बन्दैछन् मन्त्री 

अविश्वासको प्रस्ताव ल्याउने सांसदलाई मन्त्री बनाएर यसरी प्रस्ताव तुहाउँदैछन् मुख्यमन्त्री, यी बन्दैछन् मन्त्री 


  • 6.5K
    Shares

    अविश्वासको प्रस्ताव ल्याउने सांसदलाई मन्त्री बनाएर यसरी प्रस्ताव तुहाउँदैछन् मुख्यमन्त्री, यी बन्दैछन् मन्त्री 

    आफूविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाउने भएका छन्।
    आज सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गर्ता गरेका थिए।

    अविश्वासको प्रस्ताव दर्ता भएसँगै माओवादी केन्द्रले पोखरेलको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। माओवादी केन्द्रका दुई मन्त्रीहरूले राजीनामा दिएका थिए।  

    माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पोखरेलले नयाँ मन्त्री थप्न लगेका हुन्।

    अविश्वास प्रस्ताव दर्ता गरेको दुई घन्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरू पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन्।

    माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून र सामाजिक विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागेका हुन्। मन्त्रीहरूको सोमबार नै सपथ ग्रहण गराउने तयारी गरिएको हो।

    अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने स्रोतले दाबी गर्‍यो।

    यीमध्ये कल्पना पाण्डेबाहेक अरू सबैले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्।
    यी चार जना सांसदहरू तत्कालीन राष्ट्रिय जनता पार्टीका हुन्। केन्द्रमा पनि जसपा पार्टीभित्र केपी शर्मा ओली सरकारलाई लिएर दुई धार छन्। तत्कालीन राजपाका नेताहरू ओलीको पक्षमा छन् भने उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका नेताहरू ओली सरकारको विपक्षमा छन्। त्यहा महन्थ ठाकुर पक्षका सांसदको बोलवाला छ।

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - १५:०४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij