Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अदालत

कुलमान र हितेन्द्रको निवेदन एउटै इजलासमा

कुलमान र हितेन्द्रको निवेदन एउटै इजलासमा


  • 1.2K
    Shares

    • images
    कुलमान र हितेन्द्रको निवेदन एउटै इजलासमा

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको निवेदनमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ।

    आफूलाई निर्बाध काम गर्न दिनुपर्ने माग राखी दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ हुने भएको हो।

    कुलमानलाई हटाएर कार्यकारी निर्देशक नियुक्त गरिएका हितेन्द्रदेव शाक्यको निवेदन पनि सोही इजलासमा परेको छ।

    कुलमानले रिटमा आफूलाई हटाउने निर्णय बद्‌नियतपूर्ण र गैरकानुनी दाबी गरेका छन्। उनले सरकारको उक्त निर्णय कार्यान्वयनमा तत्काल रोक लगाई आफूलाई काम गर्न दिने अन्तरिम आदेश माग गरेका छन्। 

    सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेर शाक्यलाई नियुक्त गरेको थियो। कुलमानको यो दोस्रो कार्यकाल हो। चार वर्षको कार्यकालमा चार महिना समय बाँकी थियो। 

    शाक्यले पदभार ग्रहण गरिसकेका छन्। शाक्य नियुक्त भएसँगै सञ्चालक समितिको बैठक बसिसकेको छ। बैठकले दुरगामी निर्णयसमेत गरिसकेको छ।

    प्रकाशित मिति :चैत्र १५ २०८१ शुक्रवार - १०:५५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij