२०८२ माघ ७ गते बुधवार
काठमाडौं । केही महिना अघि सम्म एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको खेदो खन्दै आएका माधव नेपाल पक्षीय केन्द्रिय सदस्य बिष्णु रिजाल आज ओलीले बोलाएको केन्द्रिय समिती बैठकमा झुल्किएका छन्।
माधव समूहमा रहेका नेता विष्णु रिजाल भने बैठकमा सहभागी हुन बालुवाटार पुग्नुलाई ओली पक्षका नेताले अर्कै ढंगले हेरेका छन्। माधव नेपालले सुचना संकलनका लागि उनलाई काजमा खटाएको टिप्पणी अर्का ओली खेमाका नेताले गरेका छन्।
रिजाल नेकपा हुँदा प्रधानमन्त्री ओलीका कट्टर आलोचक थिए। माधव नेपाल प्रधानमन्त्री हुँदा उनको प्रेस सल्लाहकार रहेका रिजाल माधव संग राम्रो सम्बन्ध भएको नेतामा दरिन्थे। आज ओली क्याम्पको बैठकमा गएपछि धेरैले उनलाई सुलसुले नेता भनेका छन्।
ओली खेमाका खम्बा समेत रहेका अर्थ मन्त्री बिष्णु पौडेलका भान्जे ज्वाई बिष्णु रिजाल आगामी दिनमा कसरी खुल्छन त्यो हेर्न भने बाँकी नै छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij