२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । केही बेर अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी (जसपा) ले अविश्वासको प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई प्रस्ताव गरेको जसपा संसदीय दलका नेता सहसराम यादवले बताए। 'मुख्यमन्त्रीविरुद्ध तीन दलले अविश्वासको प्रस्ताव दर्त गरेका छौं,' यादवले भने, 'नयाँ मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ।'
लुम्बिनीमा माओवादीका कुल प्रसाद केसीलाई मुख्यमन्त्री बनाउन कांग्रेस र माधव नेपाल पक्ष राजी भएको छ। उता गण्डकीमा कांगेसका कृष्ण चन्द्र नेपाली मुख्यमन्त्री बन्ने समझदारी भइ सकेको छ। लुम्बिनीमा राजपाले समेत पोखरेल बिरुद्द मतदान गर्ने निश्चित भएको हो।
८७ सदस्यीय लुम्बिनी प्रदेशमा अहिले ८५ सदस्य कायम छन्। दुई जना सांसद नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेपछि उनीहरुलाई पदमुक्त गरिएको छ।
प्रदेशमा एमालेका ४१ जना, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij