२०८२ माघ ७ गते बुधवार
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा लगिएको छ। पोखरेल प्रधानमन्त्री केपी ओलीका खास मान्छे हुन्।
स्रोतका अनुसार कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेका हुन्। जसपाले निर्णय गरेपछि अविश्वासको प्रस्ताव प्रदेश सभामा लगिएको हो।
‘हामी अहिले प्रदेश सभाको सचिवालयमा छौं, दर्ता हुने प्रक्रियामा छ,’ माओवादी केन्द्रका एक प्रदेश सांसदले भने। लुम्बिनीमा माओवादीका कुल प्रसाद केसीलाई मुख्यमन्त्री बनाउन कांग्रेस र माधव नेपाल पक्ष राजी भएको छ। उता गण्डकीमा कांगेसका कृष्ण चन्द्र नेपाली मुख्यमन्त्री बन्ने समझदारी भइ सकेको छ। लुम्बिनीमा राजपाले समेत पोखरेल बिरुद्द मतदान गर्ने निश्चित भएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij