Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

यी हुन् विद्यालय बन्द हुने शहर, यदि त्यसो भए बैशाखपछि लकडाउन गर्ने सरकारको तयारी

यी हुन् विद्यालय बन्द हुने शहर, यदि त्यसो भए बैशाखपछि लकडाउन गर्ने सरकारको तयारी


  • 17.0K
    Shares

    यी हुन् विद्यालय बन्द हुने शहर, यदि त्यसो भए बैशाखपछि लकडाउन गर्ने सरकारको तयारी

    काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गराउन सम्भव नहुने तथा भीडभाड हुने क्षेत्रलाई बन्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको छ ।

    काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरजस्ता सहर र सदरमुकाममा भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म भर्चुअलरुपमा संचालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । त्यसपछि पनि कोरोनाको महामारी उस्तै रहे लकडाउन गर्ने सरकारो तयारी छ। 

    बैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ संचालन गर्ने, मेडिकल शिक्षाको प्रयोगात्मक कक्षा र पूर्वनिर्धारित परिक्षा जनस्वास्थ्यका मापदण्ड अपनाइ संचालन गर्ने निर्णय गरिएको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

    देशका प्रमुख सहरका कोरोनाको नयाँ भेरिएन्ट भेटिएको र विद्यालय जाने उमेर समूहमा संक्रमण बढ्दै गइरहेकाले यस्तो निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए । एसईई परीक्षाबारे भने मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन ।

    सरकारले नयाँ भेरिएन्टसहितको कोभिड-१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी नियन्त्रणको आदेश २०७८ समेत पारित गरेको छ ।

    मन्त्री श्रेष्ठले जिल्लास्थित डीसीसीएमसीहरुले सिफारिस गरे अनुसार शिक्षण संस्थाहरु बन्द गरिने बताए । विद्यार्थीको भविष्य अन्यौल हुन नदिन वैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षाहरु भने नरोकिने उनले बताए ।

    कुन-कुन क्षेत्र बन्द हुँदैछन् ?

    सरकारले मानिसकहरुको अत्यधिक भीडभाड हुने क्षेत्र र राजनीतिक दलका सभा समारोहमा समेत वैशाख महिनाभर रोक लगाउने निर्णय गरेको छ । बन्द हुने क्षेत्रका बारेमा विस्तृत २७ बुँदे जानकारी सरकारका प्रवक्ता पार्वत गुरुङले आजै पत्रकार सम्मेलनमार्फत जानकारी गराउनेछन् ।

    मन्त्री श्रेष्ठका अनुसार सिनेमा हल, रात्रीकालिन मनोरन्जन क्षेत्र, डान्सबार, क्लब, दोहोरी, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा, आमसभा, जुलुस, हाटबजार, दर्शकसहितको रंगशाला हुने खेलकुद, भीडभाड हुने सबै कार्यक्रममा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न कठिन हुने र जोखिम कायमै हुने हुँदा २०७८ बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

    साथै, मठमन्दिर, मस्जिद गुम्बामा नित्यपूजा मात्र गराउने निर्णय पनि भएको छ । आजदैखि मन्त्रिपरिषद्का निर्णय लागू हुने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बताए ।

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - १२:१९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij