Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरु मैदान छाडेर भाग्नुभयोः सांसद श्रेष्ठ

निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरु मैदान छाडेर भाग्नुभयोः सांसद श्रेष्ठ


  • 1.2K
    Shares

    • images
    निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरु मैदान छाडेर भाग्नुभयोः सांसद श्रेष्ठ

    काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठले संविधानलाई सही दिशामा लैजाने एकमात्र उपाय निष्पक्ष निर्वाचन भएको बताएका छन्। मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले सबै राजनितिक दलहरुको चाहाना अनुरुप नै देश निर्वाचनमा होमिएको बताएका हुन्। 

    निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरूले भने अन्तिम समयमा जिम्मेवारी छाडेर भागेको उनले आरोप लगाएका छन् । निर्वाचन गर्ने जिम्मेवारीलाई छाडेर आफैँ चुनावी मैदानमा होमिनुले गम्भीर नैतिक प्रश्न उठाएको उनको भनाई छ । 

    उनले मन्त्रीहरू नै पदबाट हटेर चुनाव लड्न हिँड्नुले निष्पक्ष चुनाव हुनेमा शंका पैदा भएको पनि बताएका छन्। राजीनामा दिएर निर्वाचन लड्न पाउने संवैधानिक अधिकार भएपनि यसले गम्भीर नैतिक प्रश्न भने उठाएको उनको भनाई छ ।

    उनले भने, ‘संविधानलाई डिरेलबाट रेलमा ठिक लिगमा ल्याउने भनेको निर्वाचन नै हो । त्यही महसुस गरेर अहिले हामी सबै राजनितिक दलहरु निर्वाचनमा होमिएका छौँ । अब यो निर्वाचनमा होमिँदैगर्दा म एउटा गम्भिर नैतिक प्रश्न पनि बोकेर यहाँ उभिएको छु, निर्वाचन गर्न जिम्मेवारी बोकेका मन्त्रीमण्डलका मन्त्री महोदयहरु मैदान छाडेर भाग्नुभयो । 

    प्रकाशित मिति :माघ १३ २०८२ मंगलवार - १६:२९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij